२०७८ कार्तिक ५ शुक्रबार

लोक सेवा तयारी गर्दाको पढ्ने बानीले मदन पुरस्कार विजेता बनायो’

७ असोजमा बसेको मदन पुरस्कार गुठीको साधारण सभाले भगिराज इङ्नामको पुस्तक लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रहः सम्वत् १७१९–२०२० लाई मदन पुरस्कार दिने घोषणा गर्‍यो। २२२ पुस्तक मध्ये उत्कृष्ट ९ को सूचीमा परे पनि मदन पुरस्कार पाउला भने नलागेको इङ्नाम बताउँछन्।

त्यही भएर होला, आफ्नो पुस्तक पुरस्कृत भएको सुन्दा उनले शुरूमा विश्वासै गर्न सकेनन्। उनै इङ्नामसँग पुरस्कार घोषणा र पुस्तक लेखनको सन्दर्भमा हिमालखबरकर्मी अनिता भेटवालले गरेको कुराकानीको सम्पादित

यहाँको पुस्तकले मदन पुरस्कार पाउला भन्ने लागेको थियो?
थिएन। मेरो पुस्तकले मदन पुरस्कार पायो भन्ने सुन्दा शुरूमा पत्याउनै सकिनँ। साँच्चै पाएकै हुँ त भनेर आफैंलाई प्रश्न गरें।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितको हस्ताक्षर भएको विज्ञप्ति पढेपछि बल्ल विश्वास लाग्यो।

विज्ञप्ति हतारमा पढेछु, पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापा र मैले संयुक्त रूपमा पाएका रहेछौं भन्ने लाग्यो। एक जना आफन्तको फोन आएपछि बल्ल थाहा भयो, थापाले जगदम्बाश्री सम्मान पाउनुभएको रहेछ।
थप सामग्री :

२०७८ आश्विन १५, शुक्रबार प्रकाशित 0 Minutes 94 Views

ताजा समाचार