२०७८ कार्तिक ५ शुक्रबार

विधुत प्राधिकरणले जताततै तार काट्नु को कारण यस्तो रहेछ…

नेपाल विद्युत् प्राधिकरणको पोल प्रयोग गरेर भाडा नतिर्ने कम्पनीहरूको इन्टरनेटको तार काटिएको छ । भाडा तिर्ने सम्झौता गर्ने तर भाडा तिर्ने अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।

आज (शनिवार) भरतपुरको बसेनी क्षेत्र, बसेनी सबस्टेशन अगाडि ,विद्युत प्राधिकरण अगाडि र सडक डिभिजन कार्यालय अगाडि इन्टरनेटको तार सांकेतिक रुपमा काटिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिव कुमार सिंहले जानकारी दिनुभयो ।

उहाँले अस्पताल र विद्यालय क्षेत्रमा भने तार नकाटेको बताउनुभयो । तार काटिएपछि आज चितवनका विभिन्न क्षेत्रमा इन्टरनेट अबरुद्ध भएको छ ।

प्रत्येक पोलमा कुन कम्पनीको तार छ भन्ने ट्याग हुनुपर्छ । तर कुनैपनि कम्पनीले आफ्नो ट्याग राखेको छैन । मनपरी गरिएको छ’, प्रमुख सिंहले भन्नुभयो ।’ उहाँले सांकेतिक रुपमा गरिएको कारवाहीपछि पनि अटेर गरे हप्ता÷दश दिनपछि झन् कडाइका साथ प्रस्तुत हुने बताउनुभयो ।

भरतपुर वितरणकेन्द्रबाट इन्टरनेट प्रदायक कम्पनीको १ करोड बढिको सामान जफत गरिएको छ । पैसा नतिरेसम्म सामान फिर्ता नगरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अप्टिकल फाइबरलगायत संरचना प्रयोग गर्ने कम्पनीहरुका लागि बक्यौता भाडा बुझाउन र सम्झौता नवीकरणका लागि प्राधिकरणले शुक्रबारसम्म समय दिएको थियो । प्राधिरणले उपलब्ध गराएको समयसम्ममा पनि सेवा प्रदायकहरू सम्पर्कमै नआएपछि शनिबारबाट तार काटिएको प्राधिकरणले जनाएको छ ।

हरेक इन्टरनेट सेवा प्रदायकको एक–एकवटा प्वाइन्टमा सांकेतिक रूपमा तार काटेका छौं, एक साता पर्खिँदा पनि भाडा नतिरेको खण्डमा काट्ने दरलाई बढाएर दुई वा सोभन्दा बढी प्वाइन्टमा काट्दै लैजान्छौं,’प्राधिकरणले भन्यो ।

‘दुई महिनाभित्र यसलाई टुंग्याउनुपर्छ, अरु थुप्रै काम छन्, यसमा मात्र अल्झेर बस्ने समय छैन । प्राधिकरणले देशभर प्राधिकरणको संरचना प्रयोग भएको ठाँउ सबैमा तार काटिएको जनाएको छ ।

२०७८ आश्विन १७, आईतवार प्रकाशित 0 Minutes 46 Views

ताजा समाचार