२०७८ कार्तिक ५ शुक्रबार

राजेश हमाल नै ‘महानायक’ हुन्, म भ्रममा रहेछु: शोभित बस्नेत

१७ आश्विन २०७८,
१७ असोज, काठमाडौं । महानायक विवादमा सधैँ अल्पमत राख्दै आएका निर्देशक शोभित बस्नेतले अन्तत राजेश हमाल नै ‘महानायक’ भएको बताएका छन् । आइतबार राजधानीमा आयोजना गरिएको चलचित्र ‘डाँडाको वर पीपल’को ट्रेलर रिलिज कार्यक्रममा हमालको तस्वीरलाई प्रमुख अतिथी बनाउदै बस्नेतले आफ्नो बुझाई गलत भएको स्विकार गरेका हुन् ।

हमालको फोटोलाई प्रमुख अतिथी बिन बनाइयो भन्ने सवालमा शोभितले भने, ‘मैले जहिले पनि महानायक भन्दा सुपरस्टार ठूलो भन्ने ठान्थेँ । यसैले, चलचित्र क्षेत्रमा राजेश हमाल भन्दा ठूलो कोही पनि छैन भनेर उहाँलाई सुपरस्टार भनेको हुँ । तर, म गलत रहेछु । यसैले, सबैसँग माफी माग्दै आजबाट हरेक ठाउँमा राजेश हमाललाई नै महानायक भन्नेछु । मेरो लागि अब सुपरस्टार भुवन केसी हुनुहुन्छ ।’

शोभितले हमाल नै ‘महानायक’ रहेको स्विकार गर्दै आफूले उनको तस्वीरलाई प्रमुख अतिथी बनाएको समेत बताए । आफूले फेरि अर्को विवाद निकाल्न र चलचित्र चलाउनका लागि हमाललाई ‘महानायक’ नमानेको शोभितको तर्क थियो ।

यसअघि यो चलचित्रको गीत रिलिज कार्यक्रममा शोभितले नेपाली चलचित्र क्षेत्रको ‘महानायक’ भुवन के.सी भएको बताएका थिए ।

आज आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकारहरु नायकद्वय भुवन केसी र शिव श्रेष्ठ, नायिका गौरी मल्ल भने उपस्थित थिएनन् । शोभितले चलचित्रका अन्य कार्यक्रम पनि आयोजना गर्न बाँकी रहेको भन्दै मुख्य तीन कलाकार उपस्थित नभएको बताए ।

२०७८ आश्विन १७, आईतवार प्रकाशित 0 Minutes 53 Views

ताजा समाचार