२०७८ कार्तिक ५ शुक्रबार

मलेसियमा ड्युटी गर्दा गर्दै एक्कासी ढ’लेर ३३ वर्षीय गोपालको मृ’त्यु !

क्वालालम्पुर : बैतडी घर भएका एक नेपालीको बुधबार मलेसियामा मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका ४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् ।

सेक्यु’रिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्यु’टीमा खटिएकै बेला मृ’त्यु भएको त्यहाँबाट दिनेश खड्काले जानकारी दिए। कावालान केशलामातान अनुग्रह सेक्यु’रिटी कम्पनीमा कार्यरत रहेका विष्टको केलाङ लामा रोडमा ड्युटीमा खटिएका थिए ।

बुधबार खाना खाएर ड्युटीमै रहेका बेला एक्कासी ढलेका र ढलेको एकछिनमै उनको मृत्यु भएको खड्काको भनाई छ ।
विष्टको के कारण मृ’त्यु भयो भन्ने खुल्न सकेको छैन। उनको शव परीक्षणका लागि क्लालाम्पुर अस्पतालमा राखिएको छ ।

विष्टको कोरोना परीक्षणपश्चात शव परीक्षण गरिने जनाइएको छ ।रोजगारीको लागि उनी ३ वर्ष अगाडी प्रोफेसनल मेनपावर कम्पनीमार्फत मलेसिया गएका थिए । –यो खबर जागृति खबर मा प्रकाशित छ

२०७८ आश्विन १६, शनिबार प्रकाशित 0 Minutes 79 Views

ताजा समाचार